२८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकम दाहालले राष्ट्रिय सहमती बिना एमसीसी संसदमा पेश नहुने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको आज बिहान बसेको बैठकमा उनले संशोधन सहित राष्ट्रिय सहमतीमा मात्रै एमसीसी संसदमा पेश हुने बताएका हुन् ।
यस्तै माओवादी केन्द्रले आजदेखी सुरु हुने संसदको गतिरोध हटाउन पहल गर्ने पनि निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गर्न पहल गर्ने निर्णय गरेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिएका छन् ।
आफूले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई पदबाट हटाइएको सूचना टाँस गर्नुपर्ने माग राखेर एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।





