समाचार

आवेश-उत्तेजनामा आए परिणाम नराम्रो हुने सभामुखलाई ओलीको चेतावनी

२८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि साप्कोटालाई चेतावनी दिएका छन् ।

आजदेखी सुरु हिउँदे अधिवेशन चल्न नदिने निर्णय गर्दै उनले विरोध जनाउँदा एमाले सांसदलाई कारबाही गर्ने धम्की नदिन आग्रह गर्दै उत्तेजनामा आए परिणाम राम्रो नहुने चेतावनी दिएका छन् ।

साथै ओलीले आफुले कारबाही गरेका १४ सांसदलाई बैठकमा सहभागी गराएसम्म आफुहरुले संसद चल्न नदिने आन्दोलन जारी राख्ने बताएका छन् ।

ओलीले ‘धम्की दिने जमाना थियो होला, अब धम्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन,’ ‘निकाल्छु भन्नेहरुलाई, कारबाही गर्छु भन्नेहरुलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई म आवेश उत्तेजनामा नआउन सुझाव दिन्छु भन्दै आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला ।’ भन्दै चेतावनी दिएका छन् ।