समाचार

सर्वोच्चता कायम गर भन्दै संसदमा एमालेको नारावाजी

२८ मंसिर, काठमाडौं । संसद्को बैठक सुरु भएको छ । संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदहरुले संवैधानिक सर्वोच्चता कायम गर भन्दै नाराबाजी गरेका छन् ।

एमालेको अवरुद्धका बीच सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन् । सरकारले जारी गरेका ६ अध्यादेशलाई पहिलो बैठकमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।