२९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदमा लगातार एमालेको अबरोधलाई लिएर कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त श्रेष्ठले एमालेले लगतार संसद अबरोध गर्नु अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ भएको बताएका छन् ।
नेकपा एमालेले आफुले कारबाही गरेका सांसदलाई बैठकमा बस्न दिएको भन्दै संसद अवरुद्ध गर्दै आईरहेको छ । नेता श्रेष्ठले नेकपा एमालेले संघीय संसदको बैठक लगतार अबरुध्द गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार गरिरहेको टिप्पणी गरेका छन् ।
साथै उनले लोकतान्त्रिक मान्यतालाई आत्मासात गर्दै संसद सुचारु गर्न एमालेलाई गंभीर अपील समेत गरेका छन् ।






