पु.समाचार

एमसीसी र संसदको अबरोधबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

३ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । एमसीसी र संसदको अबरोधबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आईतबारका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।

बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।

आईतबार बोलाईएको बैठकमा एमसीसीलाई संसदमा लैजाने विषयमा छलफल हुने भएको छ । सर्वदलीय बैठकमा संसदमा रहेका सम्पुर्ण दलहरुलाई बोलाईएको छ ।