पु.समाचार

माधव नेपालको पार्टीलाई बोलाएको भन्दै एमाले सर्वदलीय बैठकमा नजाने

३ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबारलाई सर्वदलीय बैठक बोलाएका छन् । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उक्त बैठकमा नजाने भएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीलाई बोलाएको भन्दै बैठकमा नजाने एमाले नेताहरुले बताएका छन् । एमालेका महासचिव शंकर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भोलिको बैठकमा उस्थित नहुने बताएका छन् ।

आफ्नो पार्टीले मान्यता नदिएको दलकहरु उस्थित हुने बैठकमा नजाने महासभिव पोख्रेलले बताएका छन् । यस्तै संसदीय दलका उपनेता नेम्वाङले पनि सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने भनिएका सबै दललाई बोलाए एमाले सहभागी नहुने बताएका छन् ।

सरकारले आगामी पुस ६ गते संसदको बैठकमा एमसीसी लैजाने तयारी गरेको छ भने अर्काेतिर प्रमुख प्रतिपक्षी दल एमालेले आफुले कारबाही गरेका सांसदलाई बैठकमा सहभागी गराएको भन्दै संसद अबरुद्ध पार्दै आएको छ ।