४ पुस, काठमाडौं । नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको ३५९५ मतगणना सम्पन्न भएको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा आइतबार साँझसम्म ३५९५ मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा धेरै मत डा.शशांक कोइरालाले ल्याएका छन् भने त्यसपछि एनपी साउद र बालकृष्ण खाँणले लोकप्रिय मत पाएका छन् । अहिलेसम्म शशांकले २९४०, एनपी साउदले २२६१, बाकृष्ण खाँणले २२०७, उदयशम्शेर राणाले २१६७ मत पाएका छन् ।
रमेश लेखकले २१३१ मत पाएका छन् । यस्तै ज्ञानेन्द्रबहादुर कार्कीले २१२७, शंकर भण्डारीले २१२१, रामहरि खतिवडाले २१४७, अर्जुन नरसिंह केसीले २०३०, जिपछिरिङ लामाले २०३५, गोपालमान श्रेष्ठले १९५२, जितजंग बस्नेतले १९३९, नैनसिंह महरले १८८३ मत पाएका छन् ।
यस्तै अजयवाबु सिवाकोटी १३७३, कुन्दनराज काफ्ले १७२८, कृष्ण किशोर घिमिरले ११००, केदार कार्कीले १२४१, गणेश लामाले १३६०, गुरु बरालले १४४७, गोपाल दहितले १३२९, गोबिन्द भट्टराईले १८२०, डा.गोबिन्दराज पोख्रेलले १४२७, दिनेश कोईरालाले १३९४, दिपक गिरीले १७२६, दिलेन्द्र प्रसाल बडुले १८४९, पद्म नारायण चौधरिले १६१९ पाएका छन् ।
भने बल बहादुर केसीले १८२१, मंलग प्रसाद थारु १२०९, मदनबाहादुर आमात्यले १३९२, मनोजमणी आचार्यले १२७२, ई–मोहनराज चार्यले १३२४, मोहन बहादुर बस्नेतले १८४९, डा.रामशरण महातले १८७५, बिरेन्द्र कुमार कनौडीयाले १२१४, संजय कुमार गौतमले १४४३, सुनिल बहादुर थापाले १८८१, सुरेन्द्र राज पाण्डले १६८२ मत प्राप्त गरेका छन् ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ । खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् । गत आइतबार सम्पन्न निर्वाचन अन्तर्गत शनिबारदेखि खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको थियो । मतगणनाबाट ९९ उम्मेदवारमध्ये ३५ जना विजयी हुनेछन् ।







