पु.समाचार

राष्ट्रिय मुद्धामा साझा धारणा बनाउन सर्वदलीय बैठक अघि सत्तारुढ दलको बैठक

४ पुस, काठमाडौं । विभिन्न राष्ट्रिय मुद्धामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएपछि बैठक अघि सत्तारुढ दलका नेताहरु छलफलमा जुटन लागेका हुन् ।

सत्तारुढ दलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री देउवाले बोलाएको आजको सर्वदलीय बैठकमा एमसीसी र संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका बारेमा छलफल हुने भएको छ ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुने बताइएको छ ।