पु.समाचार

महिला खुला केन्द्रीय सदस्य २६५० मतगणना हुँदा डा.संग्रौलाको अग्रता कायमैः तेस्रोमा आरजु ताजा (अपडेट)

५ पुस, काठमाडौं । नेपाली कांग्रेसले खुला महिला केन्द्रीय सदस्यतर्फ २६५० मत गणना सम्पन्न भएको छ । जारी मतगणनामा १६५० मत ल्याएर डा डिला संग्रौलाले आफ्नो अग्रतालाई कायमै राखेकी छिन् । साथै दोस्रोमा पुष्पा भुसाल गौतमले १५५९ र तेस्रोमा आरजु राणा देउवाले १४५६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

करिब ४६ सय मत खसेकोमा बाँकी मत गन्न बाँकी छ । खुला महिलातर्फ ९ जनाका लागि ३० जना चुनावी मैदानमा उत्रिएका थिए । अम्बिका बस्नेतले १३१० मत ल्याएकी छन भने ईश्वरी न्यौपानेले १२९६ मत ल्याउँदा सरिता प्रसाईंले ११९० मत ल्याएकी छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार रमा कोइरालाले १०५८, सुशीला ढकालले १०४१, रंगमती शाहीले १०२५ र अनिता देवकोटाले ९९१ मत ल्याएकी छन ।

खुला केन्द्रीय सदस्य गणना सकेर खुला महिला केन्द्रीय सदस्यतर्फ गणना गरिएको हो । अहिले मतगणना जारी नै छ ।