६ पुस, काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा आज नेपाल एसबिआई बैंक लि.को केन्द्रीय कार्यालय केशरमहल काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त सभाले कम्पनीको आ.व. २०७७\७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७८\७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन समेत गरेको छ ।




