अन्तर्राष्ट्रिय

मलेसियामा बाढीबाट १७ को मृत्यु, ७० हजार जना विस्थापित

७ पुस सिन्ह्वा । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ ।

हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ । मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो ।

बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धार सम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका सात राज्यमा नै बाढीले क्षति पु¥याएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ ।