आर्थिक

लुम्बिनी जनरल इन्स्योरेन्स द्वारा बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम

७ पुस, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले यहि पौष ३ गतेदेखि ५ गतेसम्म बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको छ ।

कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिएका थिए । उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।