९ पुस, काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा २ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ६० जनाको पिसिआर परीक्षण गर्दा २ सय ३७ र ३ हजार ८ सय ३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ३ सय ४९ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ रहेको छ । तीमध्ये ४ हजार ८ सय १७ जना होम आइसेलेसनमा छन् भने २ सय ३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
७७ जनाको आइसियु र २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ लाख २९ हजार ३ सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।





