९ पुस, काठमाडौं । भारतिय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबाहदुर देउवा भारत भ्रमणमा जाने भएका छन् । कांग्रेस सभापतिमा पुनः निर्वाचित देउवा पुस अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् ।
गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा-२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए ।
बालुवाटार उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी पहिला साताको मिति प्रस्ताव गरिएको छ, यद्यपि जनवरी १० मा पनि हुनसक्ने छ ।





