समाचार

प्रमाणपत्र ग्रहण गर्दै देउवाले भनेः मलाई भोट नहाल्नेको पनि सभापति मै हुँ

१० पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

सोहि अबसरमा नवनिर्वाचित सभापतिको प्रमाणपत्र ग्रहण गर्दै शेरबहादुर देउवाले आफुलाई मत दिने वा नदिने सबैको सभापति भएको बताएका छन् । देउवाले आफुलाई मत दिने वा नदिने सबैको सभापति आफु नै भएको भन्दै सबैको भावनालाई कदर गर्दै पार्टीलाई चलाउने बताएका हुन् ।

साथै उनले पार्टी सञ्चालनमा सहयोग गर्न सबैलाई अपिल समेत गरेका छन् । सभापति देउवाले महाधिवेशनका सबै तीतामिठा क्षण बिर्सेर पार्टीलाई सुदृढ बनाउन सबै सक्रिय हुनुपर्नेमा समेत जोड दिएका छन् ।

गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेस महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिए ।