११ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ८ औं महाधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि नहुने भएका छन् ।
महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादु देउवा, नेकपा एकिृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने सहभागी हुने भएका छन् ।
ओलीलाई अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरेर महाधिवेशनमा निम्ता दिएका थिए तर ओली झापामा रहेको भन्दै पार्टीका अन्य नेतालाई पठाउने जानकारी दिएका थिए ।
एमालेको तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने संभावना रहेको छ । पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि माओवादीले अतिथीहरु बोलाउने निर्णय गरेको थियो ।





