आर्थिक

गरिमा विकास बैंकको नयाँ धनकुटा शाखा र चन्द्रगढि शाखा संचालनमा

१२ पौष, काठमाडौं ।”Access to All” मुल नारा सहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको छ ।
यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।