आर्थिक

आर्थिक समृद्धिको आधार व्यावसायीक कृषिको व्यापार

१९ पौष, काठमाडौं । गोरखा चेम्वर अफ कमर्स गोरखाद्वारा आयोजना गरिएको कृषि तथा व्यापार प्रवद्र्धन मेला २०७८ को नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आज समुद्घाटन गरे । यही पौष १८ देखि २७ गते सम्म आयोजना हुने उक्त मेलाको समुद्घाटन कार्यक्रममा अध्यक्ष मल्लले मुलुकको ६६ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको र कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३० प्रतिशत भन्दा वढि योगदान हुनाले कृषि क्षेत्रलाइ पहिलो प्राथमिकता दिइनु पर्ने बताए ।
कृषिमा परम्परागत पद्धतिले उत्पादकत्व नवढ्ने भएकाले व्यावसायीक कृषिको प्रवद्र्धन हुनु अति आवश्यक रहेको र यसलाइ निजी क्षेत्रले उद्योगको रुपमा अघि वढाउनु पर्ने वेला आइ सकेको बताए । ‘गोरखा’ नामनै बिश्व प्रशिद्ध व्राण्ड भएकोले अर्गानिक वस्तुहरुको उत्पादनमा प्राथमिकता दिइ कृषि पर्यटनलाइ प्रवद्र्धन गर्न आग्रह गरे । गोरखा जिल्ला प्राकृतिक बिबिधता युक्त जिल्ला भएकोले जडीबुटी खेतीको पनि प्रसस्त संभावना रहेको बताए । कृषिलाई अभियानको रुपमा संचालन गर्न जिल्ला चेम्वरसंग नेपाल चेम्वर सहकार्य गर्न तयार रहेको बताए । गोरखा चेम्वरले व्यावसायीक कृषिको प्रवद्र्धनको लागि आयोजना गरेको मेलाको सफलताको कामना गर्दै अन्य जिल्ला चेम्वरहरुले पनि गोरखा चेम्वरको प्रयाशलाइ अनुशरण गर्न आग्रह गरे । साथसाथै अध्यक्ष मल्लले अहिले बजारमा मौद्रिक तरलताको अभावले व्यावसायीहरुलाइ कठिनाइ भइ रहेको छ भने अर्को तर्फ तथा वैकले वेस रेटमा लिने सेवा शुल्कको दर पनि वृद्धि गरेकोले व्यवसायीहरुलाई झन मर्का पर्न गएकोले सरकारले यस तर्फ ठोस कदम चाल्न आग्रह गरे । उक्त अवसरमा गोरखा चेम्वर अफ कमर्सका अध्यक्ष तथा कार्यक्रमका सभापति भाईचन्द्र श्रेष्ठले यस गोरखा जिल्ला प्राकृतिक बिबिधता भएको क्षेत्र भएकोले कृषि उत्पादनको लागि संभाव्य क्षेत्र भएको बताउनु हुंदै स्थानीय कृषि उत्पादनको बजारीकरण हुन सकेमा व्यावसायीक उत्पादनको लागि स्थानीय किसान आकृष्ट हुने भएकोले मेला आयोजना गरिएको बताए । उक्त अवसरमा बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ, कार्य समिति सदस्य राष्ट्रभूषण चाकुबजीको तथा दीपककाजी तुलाधर समेत उपस्थिति रहेको थियो ।