आर्थिक

कामना सेवा विकास बैंक र नमस्ते पे बीच अनलाइन भुक्तानीको लागि साझेदारी

२५ पौष, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पे बिच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पे का प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
यस सुविधा मार्फत बैंकको मोबाइल बैकिङ सेवा लिनु भएका ग्राहाक महानुभवहरुले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्नेछन् ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ भ्हतभलकष्यल ऋयगलतभच र १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ब्द्यद्यक्, क्ःक् द्यबलपष्लन, ःयदष्भि द्यबलपष्लन, ऋ(ब्क्द्यब् लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।