राजनीति

प्रधानमन्त्री देउवा एमालेको साथ लिएर माओबादी र समाजबादीसंगको गठबन्धन तोड्ने रणनीतिमा

५ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजु देउवाका साथमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।
बुधबार टेबल हुने भनिएको एमसीसी आज पनि टेबल हुने सम्म गठबन्धनबीच सहमती हुन नसकेपछि नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भोली कम्तीमा संसदमा टेबल गर्ने वातावरण बनाउन एमालेको सहयोग लिन ओली निवास बालकोट पुगेका हुन् ।
आज दिउँसोमात्र ओलीलाई भेट्न काँग्रेस नेता डा मिनेन्द्र रिजाललाई पाठाएका प्रधानमन्त्री देउवाले साँझ आफैं भेट्नु देउवाले गठबन्धन तोड्नसमेत एमसीसीकारण तयार छन् भन्ने राजनीतिक बिश्लेशण गर्न सकिन्छ ।
नेपाली काँग्रेस प्रतिपक्षमा हुँदासमेत एमसीसी पास गर्नुपर्ने अडानमा रहेको छ भने कम्युनिष्ट पार्टीहरु सरकारमा हुँदा एउटा र सरकार बाहिर हुँदा अर्कै रणनीतिमा रहेका छन् ।
प्रधानमन्त्री देउवाले आवश्यक परे गठबन्धन तोडेर अगाडी बढ्ने रणनीति बनाउने देखिनेमात्र नभएर देउवा र ओलीको आजको भेट रहस्यमय र अर्थपूर्ण देखिएको छ ।