१९ फागुन, बुखारेस्ट (रोमानिया) । हराएको लडाकु विमानको खोजीमा रहेको हेलिकप्टर बुधबार राति दुर्घटना हुँदा त्यसमा सवार सबै पाँचै जनाको मृत्यु भएको छ ।
lAR 330 puma हेलिकप्टर, MiG 21 lancerजेटको खोजी र उद्धार अभियानमा उडेको थियो । हेलिकप्टरले कन्ट्रोल टावरसँग रेडियो सम्पर्क गुमाएको र २०/४४ बजेतिर राडारबाट गायब भएको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यसअघि मिहेल कोगल्निसियानु एयरबेस नजिकै लडाकु विमान बेपत्ता भएको घोषणा गरेको थियो। ब्ल्याक सी नजिकै अवस्थित, नाटो एयरबेस रोमानियामा अधिकांश अमेरिकी सेनाको घर रहेको छ।
विमानले यस क्षेत्रमा हवाई गस्ती मिसन सञ्चालन गरिरहेको थियो तर कन्ट्रोल टावरसँग २०ः३ मा रेडियो सम्पर्क गुमायो।
मिग र यसको पाइलटको बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।
खोज तथा उद्धार कार्य अझै जारी छ ।





