अन्तर्राष्ट्रिय

रुसी सिमाना नजिकै रहेको युक्रेनको सुमी शहरमा बम विस्फोट कम्तीमा नौ जनाको मृत्यु


२४ फागुन, किभ । युक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको उद्धार सेवाले जनाएको छ ।
सोमबार राति शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेकोू, उद्धार सेवाहरूले राति ११ बजे घटनास्थलमा आइपुगेपछि टेलिग्राममा उल्लेख गरेका छन्। रुसी सिमाना नजिकै रहेको सुमी शहर केही दिनदेखि चर्को लडाइको चपेटमा परेको छ।