२८ फागुन, नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप तीन हजार ६१४ जना सङ्क्रमित भएका छन् ।योसँगै देशभरी अहिले कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४० हजार ५५९ पुगेको छ ।
संघीय स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख १५ हजार ८०३ रहेको छ । ती मध्ये ८९ जनाको भने पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा पाँच हजार १८५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । एउटै अवधिमा कोरोना भाइरसबाट नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या धेरै देखिएको छ ।





