२९ फागुन, काठमाडौं । नेपाली काँग्रेस क्षेत्र नम्बर १ को कोषाध्यक्षमा लता चन्द नियुक्त भएकी छन् ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति प्रकाश राणाले स्थानीय नेतृ चनदलाई कोषाध्यक्षमा नियुक्त गरेका हुन् ।
कोषाध्यक्ष्ँमा नियुक्त भएपछि उनले भनेकी छन्, ‘मलाई नेपाली कांग्रेस काठमाडौ क्षेत्र न १ क्षेत्रीय कोषाध्यक्षमा मनोनीत गराउन सहयोग गर्नु हुने तथा मेरो सफलताको लागि प्रार्थना गर्ने आशिर्वाद दिनु हुने सम्पूर्ण आदरणीय मान्यजन इष्ट्मित्र साथी भाइ दिदि बहिनी तथा काठमाडौ क्षेत्र न १ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधि ज्यु नेताज्युहरु कृयाशिल साथीहरुमा हार्दिक आभारी छु ।हजुर हरु को माया प्रेम बिश्वास लाई कहिले निराशा मा परिणत हुन नदिने प्रण गर्दछु।’
१३ औं महाधिवेशनमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ को सभापतिमा निर्बाचित भएका प्रकाश राणा १४ औं महाधिवेशनमा पनि सभापतिमा पुनः निर्बाचित बनेका थिए ।
नेपाली काँग्रेसका पुर्व महामन्त्री एबम् प्रभावशाली केन्द्रीय सदस्य प्रकाशमान सिंहको निर्बाचन क्षेत्र पर्ने काठमाडौंको मुटु बानेश्वर क्षेत्र क्षेत्र नम्बर १ देशकै अग्रणी राजनीतिक क्षेत्रको रुपमा लिन सकिन्छ ।





