आर्थिक

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई १२.५ प्रतिशतको विशेष छुट


२९ चैत, काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट POS तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई Special package मा १२.५प्रतिशत को विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । आउदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गरिे बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने Special package मा १२.५प्रतिशतको विशेष छुट प्रदान गर्ने भएको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
ल्याण्डमार्क होटलले काठमाण्डौं, पोखरा र चितवनबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।