३० चैत, काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को पावन अवसरमा सम्पूर्ण नेपाली लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु ल्याएको छ ।
यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै निम्न योजनाहरु ल्याएको छः
मात्र रु २००० मा जीवनभरलाई डिम्याट र मेरोशेयर नविकरण गर्ने मौका, नयाँ तथा पुराना हितग्राही खाता दुबैलाई लागु हुने लगानी व्यवस्थापन सेवामा आबद्ध भई पहिलो वर्षमा ७० प्रतिशत वार्षिक शुल्क छुट गरेको छ ।
व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले रु २०७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका यो योजना २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते (७९ दिन) सम्मको लागि, लागु हुने यस क्याप्टिलले बताएको छ ।





