आर्थिक

शिवम् सिमेन्टका अध्यक्ष डा. गोयल: ब्यबस्थापनको कार्यकारी वोर्डको प्रथम उप–सभापतिमा निर्बिरोध चयन

३० चैत, काठमाडौं । नेपाल व्यवस्थापन संंघ, MAN को कार्यकारी वोर्डको बैठकबाट यस शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल प्रथम उप–सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् ।
MAN को यहि चैत्र २६ गते, काठमाडौंमा सम्पन्न भएको ४१ औं बार्षिक साधारण सभाको निर्वाचनबाट संस्थागत समूह तर्पmबाट शिवम् सिमेन्ट सहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जनावोर्ड सदस्यमा निर्वाचित हुनु भएकोमा वोर्ड सदस्यहरु मध्येबाट उपेन्द्र पौड्याल अध्यक्षमा र डा. सुरेन्द्र कुमार गोयल प्रथम उप–सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो । शिवम् सिमेन्टका संचालक अध्यक्षलाई प्रथम उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित गराउने सम्पूर्ण सदस्यहरु तथा शुभेच्छा प्रकट गर्नु हुने सम्बन्धित MAN का कार्यकारी सदस्यहरु तथा संस्थागत सदस्यहरु, आजिवन सदस्यहरु तथा जनरल सदस्यहरु प्रति शिवम् सिमेन्ट परिवारले हार्दिक आभारका साथ धन्यवाद दिएको छ ।