१५ वैशाख, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नं. ०१, बगर, स्थित बगर शाखाको आज एक समारोहका बिच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन सुसम्पन्न भयो ।
उक्त औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए । साथै, बैंकले यस गण्डकी प्रदेशमा अन्य शाखा कार्यालयहरु पनि संचालनमा ल्याउने योजना रहेको जानकारी दिए ।
नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा.खरेलले नेपाल राष्ट्र बैंकको उद्देश्य बमोजिम विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालन गरि आम जनमानसहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको भन्दै्र बैंकको प्रशंसा गरे । साथै, यस शाखा कार्यालयले स्थानीय ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नेपाल राष्ट्र बैंकले लिएको जानकारी दिए ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु
संचालन गर्ने योजना अगाडि रहेको छ ।





