प्रदेश 1

सिंगो बिराटनगर काँग्रेसमय भएको छः बरिष्ठ नेता डा कोईराला

२० मैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले बिराटनगर सिंगो काँग्रेसमय भएको बताएका छन् ।
उनका स्वकीयष् सचिव दिनेशचन्द्र थपलीयाले एक बिज्ञप्ती जारी गर्दै बिराटनगर सिंगो काँग्रेसमय भएको र बिभिन्न मिडियामा आएका समाचार गलत भएको स्पष्ट गरेका हुन् ।
डन कोईरालाको सचिवालयले भनेको छ, ‘२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लैले बिजय प्राप्त गरेको बिराटनगर महानगरपालिकामा अहिले कांग्रेसको अवस्था खराब हुने कुरै आउँदैन।’

विज्ञप्तीमा भपिनएको छः रातोपाटी लगायत केही अनलाइन संचार माध्यमहरुमा नियोजित रुपमा एउटै शिर्षक राखेर बिराटनगर महानगरको निर्वाचनलाई लक्षित गर्दै प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ। उक्त समाचारमा उल्लेख भएका र लेखिएका सबै कुराहरु भ्रामक र कपोलकल्पित भएको जानकारी गराउँदछु।
२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लैले बिजय प्राप्त गरेको बिराटनगर महानगरपालिकामा अहिले कांग्रेसको अवस्था खराब हुने कुरै आउँदैन। यतिबेला बिराटनगर महानगर कांग्रेसमय भएको छ।
नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालासँग गठबन्धनका बिषयमा कुराकानी गर्न २०७९ बैसाख १९ गते नेकपा माओवादी केन्द्रका नेताहरु भोगेन्द्र यादव र नविन पौडेल बिराटनगरस्थित कोइराला निवास आउँनुभएको हो। उहाँहरु बिच गठबन्धनका बारेमा सामान्य कुराकानी भएको हो। भेटघाटका क्रममा कोइरालाले अन्य स्थानमा कांग्रेसले माओवादी केन्द्रका उमेदवारलाई सहयोग गरिरहेको भन्दै बिराटनगर महानगरमा केन्द्रको गठबन्धनको मर्म अनुसार सहयोग गर्न आग्रह गर्नुभएको हो।
भेटघाटमा त्यस बाहेक कुनैपनि कुरा नभएको प्रष्ट पार्दछु।
दिनेशचन्द्र थपलिया
स्वकिय सचिब( डा शेखर कोइराला।