२५ वैशाख, एथेन्स । ग्रीसको तटरक्षकले आइतबार एजियन सागरमा आधा डुबेको डुङ्गाबाट थुप्रै बालबालिकासहित १०६ आप्रवासीलाई उद्धार गरेको बताएको छ।
कोस्टगार्डको विज्ञप्तिमा आप्रवासीहरू टर्कीको तटबाट अलि टाढा दक्षिणपूर्वी टापु कोस नजिकै शनिबार अबेर फेला परेको जनाइएको छ। खुलासा नगरिएका विभिन्न राष्ट्रियताका समूहमा १४ महिला र २० बालबालिका थिए।





