२९ बैसाख, काठमाडौं । दागं प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका नेकपा बहुमत पार्टीक संयोजक धर्मेन्द्र बास्तोला रिहाई भएका छन् ।
प्रहरीले उक्त पार्टीले निर्बाचन बिथोल्न सक्ने अनुमानसहित सोधपुछका लागि नियन्त्रणमा लिएको बताएपनि ६ घण्टाको प्रहरी नियन्त्रणपछि दुई सहयोगीसहित बास्तोलालाई केहीबेरअगाडी छाडिएको प्रहरीले पुष्टी गरेको छ ।
बास्तोलाको पार्टीले निर्बाचन बहिस्कार गर्ने निर्णय गरेपछि सम्भाबित घटना हुन नदिने ध्येयसहित उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएईको थियो ।
स्थानीय निर्बाचनको अघिल्लो दिन प्रहरी नियन्त्रणमा परेका बास्तोला अन्ततः रिहाई भएका छन् ।





