३० बैसाख, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले बिराटनगर महानगरपालिका वडा नं( ७ स्थित आदर्श मा वि मतदान केन्द्र (क) मा मतदान गरेका छन् ।
डा कोईरालाले ‘स्थानीय तह निर्वाचन २०७९’ अन्तर्गतको आजको मतदानमा सहभागी भई सर्बसाधारणको लाईनबाट मतदान गरेका हुन् ।
देशभर आ–आफ्नो स्थानीय तहमा गई नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्रलगायतका शीर्ष नेताहरुले पनि मतदान गर्ने क्रम जारी छ ।
बिराटनगर महानगरको मेयरमा नागेश कोईराला उम्मेद्वार बनेका छन् । यसभन्दा अगाडीका मेयर भीम पराजुली प्रतिष्पर्धामा भएपनि उनलाई पार्टीले टिकट दिएन ।






