सुदूरपश्चिम

बझाङको साइपाल अध्यक्षमा एमाले विजयी

१ जेठ, बझाङ । बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले)का मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन ।

नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भएका छन । गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ ६७५ मतसहित विजयी भएका छन । उनका प्रतिस्पर्धी कांग्रेसको बाटु बोहराले ६१९ मत प्राप्त गरेका हुन ।
यस्तै यस पालिकाको वडा नं १ मा प्यानलसहित एमालेका नरेन्द्र धामी विजयी भएका छन । वडा नं २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन भने वडा नं ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन ।

त्यस्तै वडा नं ४ मा कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन भने वडा नं ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका जनाइएको छ ।