१० जेठ, काठमाडौं । कुमार खत्री अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा दोहोरिएका छन् ।
अजोड इन्स्योरेन्स लिमिटेडको संचालक समितिको यही बसाख १५ गते बसेको १०४ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल ४ बर्ष थप गरी स्वीकृतिका लागि बीमा समितिमा पेश भएकोमा समितिबाट स्वीकृत प्रदान गरी यही जेठ ९ गते गते पत्र प्राप्त भई पुनः ४ बर्ष कार्यकालको पदभार सम्हालेको कम्पनीले जनाएको छ ।





