१० जेठ, काठमाडौं । उद्योगी एवं सांसद विनोद चौधरीले नीति तथा कार्यक्रममार्फत मुलुकलाई औद्योगिकीकरणमा लैजाने प्रतिबद्धता व्यक्त भएको बताएका छन्।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेस भएको नीति तथा कार्यक्रमपछि प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रमले नयाँ ऊर्जा थपेको बताए ।
“उद्योग व्यवसायको मात्र नभनौँ, समग्रमा धेरै अध्ययन गरेर, धेरै क्षेत्रका कुरा बटुलेर, थुप्रेर बसेको समस्या समाधान गर्ने दृष्टिकोणबाट नीति तथा कार्यक्रम आएको छ”, चौधरीले भने ।
सरकारले ल्याएको नीति तथा कार्यक्र म र बजेट कार्यान्वनयका बारेमा जहिले पनि प्रश्न चिह्न लाग्दै आएको उल्लेख गर्दै उनले कार्यान्वयनको पाटोलाई दरिलो बनाउन आग्रह गरे । “आशा गरौँ, नीति तथा कार्यक्रम राम्रोसँग कार्यान्वयन भएर जानेछ”, चौधरीले भने।





