समाचार

नबनिर्बाचित जनप्रतिनिधिलाई निर्बाचन क्षेत्र नछाड्न र तालीम गोष्ठी नराख्न आयोगको आग्रह

२० जेठ, काठमाडौं । स्थानीय तहबाट ७५३ वटै स्थानमा बिजयी प्रतिनिधिहरुलाई जिल्ला नछाड्न निर्बाचन आयोगले भनेको छ ।
आज आयोगका प्रवक्ता सुर्य प्रसाद अर्यालले एक बिज्ञप्ती जारी गर्दै समन्वय समितिको निर्बाचन सम्पन्न हुनुभन्द अगाडी आफ्नो पालीका नछाड्न आयोगले आग्रह गरेको हो ।
आयोगले समन्वय समितिको निर्बाचन रोक्न नमिल्ने भएकाले उक्त निर्बाचन भन्दा अगाडी समन्वय समितिको निर्बाचनलाई असर पर्ने खाल्का कुनैपनि तालीम, गोष्ठी नराख्न पनि आग्रह गरेको छ ।