२४ असार, काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वािमत्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुसन प्रा. लि बीच आफुले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय
बिजनेस सोलुसन प्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक राजु के .सी ले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायि जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धि सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकहरुलाई उपलब्ध गराइने भएको छ । भविष्यमा दुवै संस्थाका
सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा संचालन गरिने समेत जानकारी गराएको छ ।





