अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री आबेको पार्थिव शरीर टोकियो ल्याइपु¥्याइयो, मंगलबार अन्त्येष्टि गरिने

२५ असार, टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर शनिबार उनको गृहनगर टोकियो ल्याइपु¥्याइएको छ । जापानको पश्चिमी शहर नारामा भएको निर्वाचन अभियानलाई सम्बोधनका क्रममा उनीमाथि गोली हानी हत्या गरिएको थियो । गोली लागि घाइते लागि घाइते भएका आबेलाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पु¥्याइएको थियो । स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः०३ बजे उनको मृत्यु भएको घोषणा गरिएको थियो ।

जापानी पूर्व प्रधानमन्त्रीको पार्थिव शरीर लिएर शिन्जोकी पत्नी अकी आबे पार्थिव शरीरसँगै टोकियो आएको अमेरिकी टेलिभिजन सिएनएनले आबेको कार्यालयलाई उद्धृत गर्दै जानकारी गराएको छ । एनएचके वल्र्डका अनुसार, आबेको पार्थिव शरीर बोकेको गाडी स्थानीय समय अनुसार शनिबार १ः३० बजे टोकियोको शिबुया जिल्लास्थित आवेको घरमा आइपुगेको हो ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदा पनि पूर्वप्रधानमन्त्रीको पार्थिव शरीर रहेको घरमा पुगी उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् । उनले पूर्व प्रधानमन्त्री आवेकी धर्मपत्नीलाई
भेटी समवेदना अर्पण गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राति दिवङगत आत्माको चीर शान्तिको कामना गर्दै रात्रि जागरण र प्रार्थना गरिनेछ भने अन्त्येष्टि मंगलबार गरिनेछ ।

यसैबीच प्रहरीले पश्चिमी जापानको नारा सिटी निवासी ४१ वर्षीय तेत्सुया यामागामीलाई आबेको हत्या को प्रयास गरेको आशंकामा पक्राउ गरी सोधपुछ जारी राखेको छ ।

यसैबीच विश्व नेताहरुले आबे परिवार प्रति सहानुभूति प्रकट गरेका छन् । साथै,उनीहरूले हत्याको निन्दा र पूर्वप्रधानमन्त्री आवेसँगको सहकार्यको स्मरण गर्दै दिवङ्गत नेताप्रति श्रद्धसुमन अर्पण गरेका छन् ।

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले शुक्रबार नै राष्ट्रका नाममा सम्बोधन गर्दै ‘यो अक्षम्य कार्य हो’ र जापानी अधिकारीहरूले ‘यस परिस्थितिलाई सम्हाल्न उचित कदम चाल्नेछन्’ भनेका थिए। किसिदाले आबेको गोली हानी हत्या गरिनुको कारण अझै थाह नभएको पनि उक्त सम्बोधनमा बताएका थिए । साथै, उनले अनुसन्धान जारी रहेकाले यसबारे कुनै पनि राजनीतिक प्रभाबका बारेमा अनुमान नगर्न सबैसँग अनुरोध गरेका थिए ।