डा सुरजराज काफ्ले / बर्तमान नागरिकहरुको राजनैतिक मानसिकतामा राजनीतिक नेतृत्व प्रतिको सैदान्तिक धारणा/चित्र कस्तो कोरिएको छ ? नेतृत्व कसरी निर्धारण हुनु पर्दछ। मूल रुपमा नागरिक नेतृत्व परिवर्तनको शैदान्तिक बहसमा छन् की यथास्थितिवादी ‘लेन देन नेतृत्व’को जडशुत्रमै अव्यस्त छन् । अथवा, भनौ, सक्षम एक प्रभाबकारी नेतृत्वका निम्ति ‘नेतृत्व परिवर्तन’ वा परम्परावादी ‘लेनदेन नेत्रित्व’ के हो त अवस्था ?
नेत्रित्व परिवर्तन लोकतन्त्रको जग हो । जसमा राजनीतिक दलहरु प्रति जनताको विश्वास अन्य राज्यका संस्थाहरु भन्दा निकै बडि हुन्छ।’लेनदेन नेतृत्व’ अभ्यासमा क्रियाशील पार्टीहरु प्रति जनताको चासो नगन्य हुन्छ । जस्मा राजनीतिक नेताहरु राष्ट्रिय हितको सट्टा व्यक्तिगत स्वार्थ पुरा गर्न मै तल्लिन हुन्छन् ।
‘नेतृत्व परिवर्तन’ नेतृत्व प्रतिको दृष्टिकोण हो । जुन व्यक्तिगत र सामाजिक प्रणालीमा परिवर्तन ल्याउने कारण हो ।यसको आदर्श रूपले नेताहरुको अनुयायीहरुको विकास गर्दै बिकासका लक्ष र बाटाहरु पहिल्याउन मार्ग प्रसस्त गरोस् ।
‘नेतृत्व परिवर्तन’ एक प्रक्रिया हो । जसमा, नेताहरु र अनुयायीहरु एक अर्काका परिपुरक, मनोबल र प्रेरणाका आधार, एक उच्च नैतिक मूल्य पद्धतिमा चल्ने साहस, बिस्वास र समाजदारी राख्दै बिकासमा साझेदारी हुने अवसर राख्दछन्।
उता, ‘लेनदेन नेतृत्व’ले कहिले रूपान्तरणको दृष्टिकोण राख्दैन । मान्छे र संगठनको जीवनमा महत्वपूर्ण परिवर्तनको सिर्जना गर्दैन । परिवर्तनका अपेक्षा र आकांक्षाहरु लेनदेनबादका अ्नुयाईहरु बिच मात्र सिमित रहन्छ । यो ‘दिनुहोस् र लिनुहोस्’ को सम्बन्धमा आधारित हुन्छ । तर नेताको व्यक्तित्व, लक्षण र उदाहरणको माध्यम बाट परिवर्तन गर्ने क्षमता, एक ऊर्जावान दृष्टि र चुनौतीपूर्ण लक्ष्यको अभिव्यक्ति नेतृत्वमा परिवर्तन वा उर्जावान यूवा नेतृत्वकाे आकर्षणले मात्र गर्न सक्छ । जस्का निम्ति रूपान्तरणकारी क्षमता, नेताको अर्थ र नेताको आदर्श प्रतिबिम्बित भएको हुनु पर्दछ। उनीहरुमा टीम, संगठन/समुदायको लाभको लागि काम गर्ने एक नैतिक चरित्र जरुरी छ ।
लेनदेन नेताहरु सामान्यतया संगठनमा सांस्कृतिक परिवर्तनको लागि प्रयास गर्दैनन् । उनीहरु यथास्थिति बिस्वास गर्छन् ।जबकि परिवर्तनकारी नेताहरु संगठनात्मक संस्कृति परिवर्तन गर्नको लागि हरदम प्रयासरत हुन्छन् ।
नेत्रित्व भनेको यस्तो हुनु पर्छ जस्ले आफ्नो पार्टीको नक्शा लाई यसरी डिज़ाइन गरेको हुनुपर्योकी जस्मा बिकासका बिबिधताका आयामहरु लाई प्रस्ट दृय्टिकोण सहित उतारेको हुनु पर्यो । नेताले यस्तो वहस लाई अघि सार्नु पर्यो जहाँ व्यक्तिगत स्वार्थको सट्टा तथ्य र प्रमाणका आधारमा बहस केन्द्रित रहोस् । याने, अघिल्लो पंङ्ङ्किमा आउने नेतृत्व उनिहरुको कामको महत्त्व, नैतिकता र समर्पणको आधारमा छानिनु जरुरी हुन्छ ।
नेता परिवर्तनकारी छ भने, अनुयायीहरुमा उसको प्रभावले यस्तो अर्थ राख्छकी अनुयायीहरुमा विश्वास, प्रशंसा, वफादारीता र नेताको लागि सम्मानको भावना र मूल रूपमा अपेक्षा गरे भन्दा कडा मेहनत गर्नको लागि तमतयार हुन्छन् ।
एक विकास उपकरणको रूपमा, परिवर्तनकारी नेतृत्वले यस्ता सकारात्मक नतिजाहरु निकाल्छनकी आफ्ना अनुयायीहरुलाई केहि मात्र आत्मलाभको लागि काम गर्न प्रेरित गर्दछन्। प्रेरणादायक मिशन र दर्शनसंगको आवद्दताले अनुयायीहरुको पहिचान, आदर्श प्रभाव, बौद्धिक उत्तेजना र व्यक्तिगत विचारको प्रभावले यथास्थितिलाई चुनौती दिने गुणको बिकास गरिदिनु हुनाले नेतृत्व परिवर्तनै समाज बिकासको आधार हो ।
नेताको भूमिका राष्ट्रको आवश्यकताहरु पुरा गर्नका लागि हो। जस्ले एक संरक्षक वा कोच को रूपमा कार्य गर्नु पर्दछ । जो जनताको चिन्ता र आवश्यकताहरुलाई सुन्छ र तत्काल कार्यान्वयनमा लान्छ । नेताले सहानुभूति र समर्थन दिन्छ । सञ्चार खुला राख्दछ । अनुयायीहरुको अगाडि चुनौतिहरु पस्कन्छ । समाधानका लागि सहभागितामूलक छलफल अगाडि बडाउँछ र उपयूक्त निर्णय लिन्छ।
नेताले धारणाहरुलाई चुनौती दिन्छ ।जोखिम लिन्छ र अनुयायीहरुको विचार माग्छ। यस शैलीले नेताहरु लाई उत्साहित र आफ्नो अनुयायीहरुमा रचनात्मकता लाई प्रोत्साहित गर्दछ।
नेतामा अप्रत्याशित परिस्थितिहरुसँग मुकाविला गर्ने सक्ति र सिक्ने अवसर पनि हुन्छ। नेतृत्वमा प्रेरणादायी दृष्टिकोण हुन्छ जस्ले समाज लाई आकर्षण गर्दछ। प्रेरणादायकको प्रेरणाले चुनौती संग लड्ने, भविष्यका लक्ष्यहरुको बारेमा आशाको संचार गराउने कार्य गर्दछ । नेतृत्वको आदर्श प्रभावले उच्च नैतिक व्यवहारको लागि एक रोल मोडल प्रदान गर्दछ । गर्व पैदा गर्दछ । सम्मान र विश्वास प्राप्त गर्दछ।
दु:खको कुरा रक्तसंचार नै नभएको राजनैतिक जीवनहरुको थुप्रो बर्गेल्ति छरिएको देशमा, जनता प्रतिको प्रतिज्ञै महसुस नभएको राजनैतिक दलहरुका जमातमा नेता र पार्टीहरु प्रति मोह भंग हुनु स्वभाबिकै हो।
तसर्थ, जबसम्म नेपालका नेताहरुले आफ्नो अहंकार र दम्भको सहज व्यवस्थापन गर्दैनन् ।संविधानमा निर्धारित प्रतिस्पर्धाका नियमहरुको पालनामा अंकुश लगाइनै रहन्छन् । युवा पुस्तालाई नेतृत्वमा सहज पहुँचसुनिश्चित गर्दैनन्। यो देश भगवान भरोसे चलिनै रहनेछ । नेतृत्व परिवर्तनका लागि नभएर बाँडिचूँडी खानका निम्ति लेन्देन मात्र हुनेछ ।
( डा काफ्ले नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।)





