समाचार

अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री डा भट्टराईबीच छलफल

३ साउन, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले जसपाबाट बाहिरिए पनि डा भट्टराईले आफू गठबन्धन भन्दा बाहिर नगएको बताएको जानकारी दिए।

नयाँ पार्टी पुनःगठनको तयारीमा रहेका डा भट्टराईले आफू जहाँ रहे पनि गठबन्धनको पक्षमा नै रहेको बताएका थिए ।