आर्थिक

मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित

४ साउन, काठमाडौँ । वल्र्डकबद्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सिलेन्स् अवार्ड ईन द वल्र्ड “ द बिज अवार्ड २०२२” द्वारा विभिन्न ६ विघाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक लि. सम्मानित भएको छ । सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा ‘‘बिजनेस एक्सिलेन्स् सर्टिफिकेट’’ द्वारा र यस बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि ‘‘बिजनेस एक्सिलेन्स् सर्टिफिकेट’’ वल्र्डकबले सम्मानित गरेको हो । यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने “ग्लोबल एसएमई अवार्ड २०२१” को एसएमई फाइनान्सियर अफ द यिवर- एसिया विधामा पनि बैंक सम्मानित भएको थियो ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।