समाचार

प्रेश यूनियन मतगणनाः डा कोईराला पक्षका शिव लम्सालले अध्यक्षमा बाजी मार्ने पक्का

८ साउन, काठमाडौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेश यूनियनको अध्यक्षमा शिव लम्सालले अग्रता कायम गरेका छन् ।
डा शेखर कोईराला पक्षबाट उम्मेद्वारी दिएका लम्सालले संस्थापन पक्षका उम्मेद्वार खनिता बिन्दुलाई पछाडी पारेका छन् ।
लम्सालले ३१६ मत ल्याउँदा बिन्दूको २७१ मत खाएको छ । बिहानसम्म भएको ६०० मतगणनाको परिणाममा लम्शालले ४५ मतको अन्तरले पछाडी पारेका छन् ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेश यूनियनको नबौं अधिवेशन हेटौंडामा ६–७ गते हुने तय भएअनुसार हिजो सम्पन्न भएको थियो ।
आधा मतगणना भएको भएपनि मतगणनाको प्रकृति हेर्दा डा शेखर कोईराला पक्षका शिव लम्सालको विजय निस्चित भएको प्रतिनिधिहरुको ठम्याई छ ।