पर्यटन/संस्कृति

तीन अर्ब लगानीमा विराटनगरमा होटेल बन्ने

९ साउन, बिराटनगर । सेञ्चुरी ग्रुप र होटेल ¥याडिसनबीच विराटनगरमा ¥याडिसन खोल्ने सम्बन्धमा आज दुईपक्षीय हस्ताक्षर भएको छ । सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगड र ¥याडिसन ग्रुपका दक्षिण एशिया प्रबन्ध निर्देशक जुबिना सक्जेनाबीच ¥याडिसन खोल्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।

सेञ्चुरी मलसहित विश्वस्तरको होटेल खुल्दा नेपालको आर्थिक समृद्धिमा योगदान हुने व्यवसायी दुगडले बताए । रु तीन अर्ब लगानीमा बन्ने १४६ कोठाको सो होटेलमा बृहत् सभाहल, जिमखाना, व्यापारिक मलसमेत हुनेछ ।