प्रा डा नृसिह खत्री/कुराको जड पश्चिमतिरका …शाहीले लेखको पाइयो । विचार विम्व, भाव यो पनि लोकतन्त्रको सम्पदा हो । शेर बहादुरले किशुनजीको सान्निध्यता पाउनु, त्यो युगमा दडेलधुराको श्याउली Ruwa Khola च्ग मा त्यो परिवारमा परिवेशमा जन्मलिन पाउनु, पन्चायत कालमा त्यो युवा व्यक्तित्व पाउनु, गृहमन्त्री भएपछि डा आरजु जस्तो जीवन साथि पत्नि पाउनु, साथिहरुको साथ अनि सरसहयोग पाउनु, ज्योतिषीको भावी भविष्यवाणी पाउनु, यो प्रारव्ध भाग्य नै हो । यसलाई व्रम्हवादीहरुले परमात्माको कृपा भन्ने गर्दछन । हामी शुभचिन्तकहरु वेला वेलोमा भेला भएर चीया गफ दिन्छौ र भन्ने गर्दछौ कि “उहाँको वर्तमान, बानी, व्यहोरा कियाकलाप हेर्दा चाहि दुरदर्शिता बाँकी रहेकोे भएको भन्ने जनतालाई विश्वास घटदै गएको जस्तो लागिरहेको छ ।” नेपालीहरुको मनोदशा सधै शक्ति पुजन गर्ने र शक्तिहीन भएपछि वेवास्ता गर्ने जस्तो देखिन्छ । यसमा चाहि केही सुधार गर्नु पर्दछ ।
बुढा बुढी भएपछि त्यस्तै हो, तर पनि म उहाँको साथी सहयोगी गर्ने भित्रकै हो । विगतमा धेरै अगाडिदेखि काम गरिरहेकै छु । त्रि वि मा उहाँले अध्ययन गर्दाको विश्व विद्यालयमा युनियनमा काम गर्नु भएका उहाको मित्र भएका मित्र मेरा वर्तमानका साथि हुनुहुन्छ र तथापि उहाँको लोकपियता घटिरहेको देखिन्छनै भन्नु हुन्छ । सायद उहाँले आम जनताले सोचेको, चाहेको, जस्तो काम गर्न, उदाहरण दिन नसकोले होला र केही चाहि प्रचार बाजी पनि होला। ।
केही आधार तागत, यत्न प्रयत्नविना चाही देउवा त्यो स्थानमा त्यसरी ६, ६ पल्ट पुगेको चाहि होइन । त्यो मैले थाहा पाएको सत्य तथ्य कुरा यहाँ भन्न लेख्नपनि मिल्दैन । भगवान कृष्णले पनि सवैको थाहा नदिनु । जिम्मा पनि नलिनु भन्नु भएको छ । भगवान बुद्धलेपनि आपना चेलाहरुलाई त्यही भन्नु उपदेश दिनु भएको पाइन्छ । यहाँ त्यसको तारतम्य बारेमा आपनो लाग्ने केही उल्लेख गर्न चाहान्न ।
उहाँले भन्नु भएको रहेछ “वर्तमान ने का को सभापतिको नाताले नेपाली काग्रेँसलाई सवल, सक्षम र दुरदर्शी तरिकाले सुसगठीत गरी जिम्मा दिएर अवकाश लिने छु” भन्नु भएको व्यहोरा सही सत्य देखिन्छ । त्यसमा आशंका, शंका तथा उपशंका नगर्दा हुन्छ । लोकतन्त्र वादीको परीक्षाको आधार विश्वास, मान, आत्मा सम्मान नै हो । यसलाई वल होइन, नैतिक आत्मवल भनिन्छ । परिस्थिति र समयले त्यसको ख्याल गर्दा रवीन्द्र मिश्र, रन्जु दर्शना, वालेन्द्र शाह, हर्क साम्पाग, होम बहादुर जस्ता मानिसहरु स्वतन्त्र भएर निर्वाचन लडेका छन, जो जसको आपनो दल, चिर्वाचन चिन्ह, नीति र कार्यकम केही पनि हुदैन, तर उनीहरुको हात र साथमा जनविश्वास, नैतिकता र आत्मावल देखिन्छ । त्यही कुरा व्यक्तिमा चाहि सम्भव हुने, व्यक्ति व्यक्तिहरुको विचार सगठित रहेको पार्टी वा दल भित्र नहुने किन ?
शेर बहादुर देउवाजको कार्यक्रममानै केही युवाहरुले विरोध गरेको पनि देखियो ? के उनीहरुको कुरा सुन्लान त ? वोलाएर बावु हो ? तिम्रो गुनासो के हो भन त ? के गर्दा सो गुनासो उपचार हुन्छ ? सोध्लान त ? म भए उनीलाई समय दिएर, मान, सम्मानका साथ सोध्ने थिएँ ? सोध्न चाहान्थे । एम सी सी, एस पी पी वारेमा, नागरिकताका वारेमा , नेपालको वैदेशिक नीतिका वारेमा वा विकासको वारेमा के केमा चित्त नवुझेको हो ?
“व्यक्तिमा जे सम्भव देखिन्छ, सो पनि पार्टीमा सम्भव हुन्छ” भन्ने मान्यता वी पी, किशुन जी , गणेशमान सुर्य प्रसाद जीहरुमा रहेको थियो । त्यो पार्टीको चाहि विधि नीतिमा चलेको हुनु पर्दछ भन्ने मान्यतालाई पालना गरिन्थ्यो ।
समय वलवान छ र समय वितेपछि फर्कनेवाला पनि छैन । समयले काम गर्नकालागि सवैलाई समानता पनि प्रदान गरेको देखिन्छ । यसलाई नेपालको सविधान धारा १८ र ४२ ले भरपर्दो गरी मानेको देखिन्छ । लोकतन्त्रमा समानता स्वतन्त्रता र विश्ववन्धुत्व तीन आदर्श मानिन्छ फन्सेली राज्य क्रान्ति १७७९ ले दिएको विश्वव्यापी ती उपलव्धि हुन जो जलसे सविधानवाद र कानुनको शासनमा प्रभाव दिन्छन ।
काग्रेसमा पन्चायतका कठोर कालरात्री भोगको देउवा, रानाभाट, खडका, खाँड, महत, रामचन्द्र, प्रकाशमान आदि पुराना नेताहरु पनि छन । प्रकाशमान र रामचन्द्रजीहरुको अव समयले विश्राम तिर लगिसकेको पाइन्छ ।
राष्ट्रलाई अहित गर्ने काम कुराहरु के कसरी रोक्ने हो ? हितगर्ने काम कुराहरु के, कसरी अगाडि गर्ने हो ? । स्वतन्त्रता भनेर मनपरी अधिनता त भनेर दाशता पनि राजनीतिमा मान्य छैन । योत वर्तमान अवस्थामा झन भन्ने नमिल्ने हो । यसलाई समय सन्दर्भ, राष्ट्रिय, अन्तरदेशीय अन्तर्राष्ट्रिय तथा विश्व ग्रामी परिवेशबाट अध्ययन चिन्तन तथा मननका साथ विचार विश्लेषण गरी काम गर्न र सुव्यवस्थित तगर्न आवश्यक देखिन्छ ।
काँग्रेसको नेतृत्व र मनस्थिति
हामी भन्न सक्दछौं कि काग्रेसको हालको नेत्रित्वमा महामन्त्री गगन, विश्व प्रकाश, उपसभापति धनराज, गुरुराज, उमश जङ्ग, वद्री, भिष्मराज, वालकृष्ण, रामहरी, विनोद वान्तवा, लगायत सैयौ होनाहार अनि २०४६, र २०६३, भोगका व्यहोरेका साथिहरु निर्वाचित भई पदाधिकारी रहनु भएको छ । क्सैले विराशत वनाएको होलान, तर धेरैले त हिराशत व्यहोरका पनि छन । यो चाहि दीगो हुने देखिन्छ। कग्रेस एकतावद्ध र घुलमिल र सगठित भएर काम गरी रहेको अवस्थामा नेपाली काग्रसले अवश्यपनि नेपाल जोगाउन सक्ने लोकतन्त्रलाई जोगाउन सकने देखिन्छ ।
यसले वर्तमान अवस्थाको युवाका्े मनस्थितिको सम्वोधन गर्न तत्काल नसक्ला तर नेपालको भविष्य भने निर्माण गर्न सक्ने आशलाग्दो वातावरण तयार गर्न भने नोपली काग्रेसले सक्दछ । किनभने उ लोकतन्त्रवादी, विधि नीति माथि विश्वास गर्ने शक्ति हो ।
सुमति सुवुद्धि र सुद्ध चरित्रले काम गर्दा व्यक्ति विश्वासिलो आशा भरोशा योग्य हुन्छ । जे व्यक्तिले आफुमा गर्न गराउन सक्द्यछ, त्यहीकाम र कुरा त्यो व्यक्ति व्यक्ति मिलेर बनेको पार्टीरुपी घरले पनि गर्न सक्दछ केवल पार्टी विधि, नीति नियममा मूल्य र मान्यता भित्र चल्नु पर्दछ र चलाउनु पर्दछ । नचलेको अवस्थामा परिवारको सदस्यहरुलेनै खवरदारी गरी रहनु अनिवार्य देखिन्छ । निरन्तरको खवरदारी नै लोकतन्त्रको मूल्य हो । खवरदारी छैन भने लोकतन्त्र हानीकारक हुन्छ, यसले ठोकतन्त्र बढाउदछ राष्ट्र राष्ट्रियता डढाउदछ र उडाउदछन । दिउसोलाई रात बनाउदछ हामीले सिहदरवारको मन्त्रीको कार्यकक्षबाट सि सि टीभीको फुटेज हराएको देख्यौ । अनि नेपालमा जनताको जीउधन कसरी जोगियोस ? चिन्ता किन नहोस ?
आगामी निर्वाचन र काग्रेस
आगामी निर्वाचनको समयमा नेपाली काग्रेसले विस्तृत शान्ति सम्झौताको कार्यान्वयन र विकास, युवाकालागि रोजगारी तथा विकास, युवाशक्तिको परिचालन तथा सरक्षण, उद्यमशीलता, प्रकृतिक श्रोत साधनको पर्यटन र विकासमा उपयोग गर्ने नीति र कार्यकम निर्माण गरी वर्तमान दीगो विकासको एजेण्डाहरुलाई नेपालको कार्यान्व्य गर्ने योजना सहीत अगाडि गएको खण्डमा काँग्रेसले आपनौ वल वुतामा निर्वाचन लडने र भलो गर्न सक्दछ । यदी यसले गठवन्धन गरेपनि यस्तो छुद्र काम गर्दै कहिले फुटेज लुकाउने र वजेट नीति माथि केरमेट थपघट गर्ने, कहिले मन्तव्य उत्तर गन्तव्य दक्षिणमा मिल्ने, छोरी वुहारी वोकी हिड्ने, नेपाली राष्ट्रिय सेनालाई विथोल्ने, जिश्काउने तहश नहश गर्नेहरुको भने भर नपरे हुन्छ । गणेशमानजीको भनाइमा बाघले बन नचिनको होइन, बनलेपनि वाघ नदेखको होइन । हामले चाही भन्नै पर्दछ कि देश जोगाउने बुद्धिवल भएकाहरुलाई जित्नेलाई जिताउ हार्नेलाई सधै हराउँ।





