अन्तर्राष्ट्रिय

सेनाको विमान दुर्घटनामा दुईको मृत्यु

१३ साउन, नयाँदिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटना ग्रस्त भएको भारतीय वायुसेना (आईएएफ)का दुई विमान चालकको मृत्यु भएको छ । मि. २१ जेट उडानको क्रममा दुर्घटना भएकोअधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिबपाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको थियो ।

भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुका प्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ । एक अदालतको जाँचको आदेश दिइएको पनि
वायुसेनाका अधिकारीहरुले जानकारी दिएका छन् ।