१४ असोज, काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
उक्त शाखाहरुको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका
संचालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गरे ।
समुद्घाटन् समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सवल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा
बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिवद्ध रहेको बताए ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ कार्यालयहरु र १२० वटा ए.टि.एम. संजालहरु संचालनमा रहेका छन् ।





