२३ असोज, काठमाडौं । नेपाली काँग्रेसले मोरङ क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालालाई प्रतिनिधि सभामा टिकट दिएको छ ।
नेपाली काँग्रेसका शक्तीसाली सभापति स्व गिरिजा प्रसाद कोईरालाकी सुपुत्रीसमेत रहेकी नेतृ कोईराला पुर्व उपप्रधान एबम् परराष्ट्र मन्त्रीसमेत भईसकेकी हुन् ।
नेपाली काँग्रेसका नेता एबम् २०७४ सालमा काँग्रेसबाट निर्बाचित डा मिनेन्द्र रिजाल पनि टिकटको प्रतिष्पर्धामा थिए । प्राईभेट शिक्षामा लगानी गरी अकुत सम्पती कमाएका कारण डा रिजाललाई पछिल्लो समय शैक्षिक माफिया पनि भन्ने गरिन्छ । १४ औं महाधिवेशनमा डा रिजाल डा शेखर कोईराला पक्षबाट काँग्रेसको महामन्त्रीमा प्रश्यासी भएका भएपनि उनले लज्जास्पद हाल ब्यहोर्नुपरेको थियो । डा रिजाल लोकप्रीय नेता गगन थापा र बिश्वप्रकाश शर्मासँग महामन्त्रीमा लडर जित्ने प्रयासमा थिए ।
काँग्रेसमा नेतृत्व गर्ने महिलाहरुमा सूजाता कोईरालाको नाम अग्रपङ्तीमा आउछ ।





