राजनीति

प्रधानमन्त्री देउवाले जसपाबाट मन्त्री बनेका चार जनालाई गरे पदमुक्त

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट मन्त्री बनेका चारैजनालाई मन्त्री पदबाट हटाएका छन् ।
पाँचदलीय गठबन्धनबाट आगाडी मंसिर ४ गतेको निर्बाचनका लागि अलग्गीएको जनता समाजबादी पार्टीका चारैजना मनत्रीहरुलाई आज प्रधानमनत्री देउवाले बर्खास्त गरेका हुन् ।
केहीदिनदेखी कानूनी परामर्षमा रहेका प्रधानमन्त्री देउवाले निर्बाचन आचारसंहिता लागेको र्भपनि मन्त्रीहरुलाई पदबाट हटाएका हुन् ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई संविधानको धारा ७७ को उपधारा (२)को खण्ड ख बमोजिम पदमुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताले जानकारी दिएका छन् ।