२९ असोज, काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाहले न नगर, न देश विकास हुन दिन्छन् जुकाहरूले भन्दै आक्रोस पोखेका छन् ।
उनले लेखक खगेन्द्र संग्रौलालाई संकेत गर्दै उनको ट्वीटको उत्तरसहित देशमा शान्ति सुरु हुन लाग्दा सिमानामा बसेर देश तिर ढुङ्गा हान्ने यिनै थिए भनेका छन् ।
उनले आज सय वर्षदेखि धनिको चङुलमा रहेको नगरलाई व्यवस्थापन गर्न लाग्दा तिनका नुन खाएकाहरू कर्मीतिर फर्केर कुल्ला गर्दैछन् भनेका छन् । गोबर सोर्दा छिटा लाग्छ हामी जानकार छौं, खबरदार ! भनेका छन् ।
मेयर शाहको ट्वीटः
न नगर, न देश विकास हुन दिन्छन् जुकाहरूले । देशमा शान्ति सुरु हुन लाग्दा सिमानामा बसेर देश तिर ढुङ्गा हान्ने यिनै थिए । आज सय वर्षदेखि धनिको चङुलमा रहेको नगरलाई व्यवस्थापन गर्न लाग्दा तिनका नुन खाएकाहरू कर्मीतिर फर्केर कुल्ला गर्दैछन्।
गोबर सोर्दा छिटा लाग्छ हामी जानकार छौं
खबरदार !






