राजनीति

मोरङ ६ मा शेखर कोइराला लोकप्रीय र शक्तिशाली बन्दै, ५ हजार बढि मतले चुनाव जित्ने दाबी

बिराटनगर / मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट आसन्न मंशिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधि सभा उमेद्वार रहेका नेपाली काँग्रेसका बरिष्ठ नेता शेखर कोइराला स्थानिय मतदाता माझ हाइ-हाइ बनेसँगै शक्तिशालि बनेका छन्। जनताको दुःख सुखमा हरेक पटक सामिल बनेर साथ सहयोग गर्दै आएका कोइराला यसपटक ५ हजार बढि मतले बिजयि हुने स्थानिय नेता कार्यकर्ताहरुले दाबि गरेका छन्।
२०७४ को निर्वाचनमा ६७५ मतको झिनो मतान्तरले एमालेका लालबाबु पन्डितसँग पराजित कोइराला आफु पराजय पछि पनि किन्चित बिचलित नबनि नागरिकका सुख दुःखमा सामेल बनि रहे। प्रकृतिक प्रकोप होस, वा माहामारी, भोकमारि होस वा दैबिप्रकोप, तत्काल आफुसँग भएका सामाग्री बोकेर जनताको चहर्याइ रहेको घाउमा मलम लगाउन पुगिहाल्ने स्वभावको कारण पछिल्लो समय जनताको मनमनमा बस्न सफल भएका छन्।
पराजय पनि बिजयको लागि अर्को अध्याय हो भन्ने बिस्वास बोकेका कोइराला पार्टिभित्र पनि धेरै कस्टपुर्ण संघर्ष गरेका नेता हुन्। १३ औँ माहाधिबेशन पछि देश दौडाहामा निस्केका शेखरले आफ्नै नेता शेर बहादुर देउवाबाट पनि पटक पटक दबाव र धम्कि सहनु परेको थियो। आफ्नै निजि खर्चमा देशका ग्रामिण भेकमा रहेका, ओझेल परेका, पुराना तथा नयाँ कार्यकर्तासँग भेटघाट गरि दुःख सुख बाढ्दै अहोरात्र खटि रहेका थिए। कोइरालाको निरन्तर मेहेनेत र सालिनताले गर्दा देशैभरि काँग्रेस कार्यकर्ता माझ लोकपृय बन्दै गए।
२०७८ साल मंशिरमा सम्पन्न १४ औ माहाधिबेशनमा सेर बहादुर देउवा सग सभापतिको उमेदवार बनेर लडे। कुल मतको झन्डै ४१ प्रतिशत अर्थात १८५५ मत ल्याएर दोश्रो ठुलो नेताको रुपमा आफुलाइ स्थापित गराएका कोइरालामा बिपि कोइराला को लिगेसि मात्रै होइन बिपि कै जस्तो स्वच्छ र मार्मिक मनोभावना पनि छन्। उनको यहि गुणका कारणपनि युवा, तरुण, बिद्यार्थि, लगायत पाका नेताहरुको साझा अनि लोकप्रीय बन्न सफल बनेका हुन्।
काँग्रेसको बिउ पुर्वाञ्चल मै छरिएको इतिहास साँछि छ, कृष्ण प्रसाद कोइराला, बिपि कोइराला, गिरिजा प्रसाद कोइराला हुदै अब शेखर कोइराला माथि नै काँग्रेस बचाउने र जनताको आशा जगाउने अभिभारा छ। देउवापछिको नेतृत्व पुर्वाञ्चलमा तान्न पनि शेखर कोइरालालाइ यो पटक चुनावमा मोरङ ६ का जनताले न्याय गर्नुपर्छ। सौताको रीसले पोइको काखमा आचि गर्दा आफैंलाइ गनाएको अनुभुति बिगतको चुनावमा लालबाबुलाई जिताउदा परिणाम देखि सकेको छ।
सन्तानको माया आफ्नि आमालाइ मात्रै हुन्छ, ढाइ आमालाइ त तलबको माया मात्रै हो। त्यसैले डा शेखर कोइराला लाइ कुनै गुटको टिका लगाइदिएर आफ्नो क्षणिक स्वार्थसँग साट्नु आफ्नो खुट्टामा बन्चरो हान्नु सहर हुने छ। काँग्रेसमा अन्तर्घात भयानक क्यान्सर जस्तै भैसकेको हुँदा यो पटक जनता सचेत बन्नु पर्ने देखिन्छ।
पाँच दलिय गठबन्धन सहित चुनाव होमिएको काँग्रेसले अधिकाँश स्थानमा आफ्नो पकेट क्षेत्र समेत भागबन्डामा पारिदिदा कार्यकर्ताहरु निरास छन्। उमेदवार ले त्यस्ता दुखि कार्यक्र्ताहरुलाइ समेट्नु पर्ने देखिन्छ। मोरङ ६ को ‘क’ खर ‘ख’ दुबै बिगतमा काँग्रेसले जितेको थियो, हाल ‘क’ मा माओबादीका उमेद्वार छन भने ‘ख’ मा काँग्रेसका युवा तथा जुझारु नेता केदार कार्कि छन्। कार्किको पनि लोकप्रियता धेरै नै छ। उनलाइ बिगतमा भन्दा यो पटक चुनाव जित्न झन सहज देखिन्छ। सम्पन्न बस्ति निर्माण अभियानका अभियन्ता समेत रहेका कार्कि साँच्चिैकै दिनदुखिको सेवामा समर्पित नेता हुन। त्यसैले यस्ता लोकपृय नेताहरुको समेत साथ हुँदा कोइरालाले ५ हजार बढि मतले निर्वाचन जित्ने दाबि स्थानियहरुले गरेका छन्।